२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन परिचालन समिति बैठकः स्थानीय निर्वाचन – २०७९ को समीक्षा प्रतिवेदन पारित



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिनुभएको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिनुभयो ।

आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन काँग्रेसको केन्द्रिय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ । र आजको बैठकमा नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ । अधिकांश बोल्ने सदस्यज्यूहरु केन्द्रिय सदस्यहरु हुनुहुन्छ ।

विभिन्न भातृ संघ तथा सुभेच्छुक संघ, संस्थाका प्रतिनिधिहरु पनि समावेश हुनुहुन्छ । यो केन्द्रिय निर्वाचन परिचालन समितिमा । आदरणीय पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा बनेको समिति हो । अधिकांश बोल्ने वक्ताहरुले प्रतिवेदनमा समावेश गर्नुपर्ने अन्य समावेश नभएका सुझावहरु दिनुभएको छ । त्यो सुझावलाई आगामी दिनमा समावेश गरेर प्रतिवेदन तयार गर्ने र त्यसपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लगेर बैठकमा पनि जानकारी गराउने भन्ने आजको निर्णय भएको छ । प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो र अहिले हेर्दाखेरी हामी प्रदेशमा पनि पहिलो पार्टी बनेका छौँ । त्यो विषयमा समावेश गरिएको छ ।

गठबन्धनका दलहरुसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा हामीलाई के भयो के भएन भन्ने समावेश गरिएको छ । यो विषय छलफलकै रुपमा छ । उपसमितिहरुले पनि आ–आफ्नो प्रतिवेदन पेस गरेको । त्यसलाई पनि समितिको प्रतिवेदनमा समावेश गरिएको छ ।’

उहाँले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताउनु भयो ।