१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्वाचन परिचालन समिति बैठकः स्थानीय निर्वाचन – २०७९ को समीक्षा प्रतिवेदन पारित

निर्वाचन परिचालन समिति बैठकः स्थानीय निर्वाचन – २०७९ को समीक्षा प्रतिवेदन पारित
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिनुभएको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिनुभयो ।

आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन काँग्रेसको केन्द्रिय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ । र आजको बैठकमा नेपाली काँग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ । अधिकांश बोल्ने सदस्यज्यूहरु केन्द्रिय सदस्यहरु हुनुहुन्छ ।

विभिन्न भातृ संघ तथा सुभेच्छुक संघ, संस्थाका प्रतिनिधिहरु पनि समावेश हुनुहुन्छ । यो केन्द्रिय निर्वाचन परिचालन समितिमा । आदरणीय पूर्णबहादुर खड्काज्यूको संयोजकत्वमा बनेको समिति हो । अधिकांश बोल्ने वक्ताहरुले प्रतिवेदनमा समावेश गर्नुपर्ने अन्य समावेश नभएका सुझावहरु दिनुभएको छ । त्यो सुझावलाई आगामी दिनमा समावेश गरेर प्रतिवेदन तयार गर्ने र त्यसपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा लगेर बैठकमा पनि जानकारी गराउने भन्ने आजको निर्णय भएको छ । प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो र अहिले हेर्दाखेरी हामी प्रदेशमा पनि पहिलो पार्टी बनेका छौँ । त्यो विषयमा समावेश गरिएको छ ।

गठबन्धनका दलहरुसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा हामीलाई के भयो के भएन भन्ने समावेश गरिएको छ । यो विषय छलफलकै रुपमा छ । उपसमितिहरुले पनि आ–आफ्नो प्रतिवेदन पेस गरेको । त्यसलाई पनि समितिको प्रतिवेदनमा समावेश गरिएको छ ।’

उहाँले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताउनु भयो ।