२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध नेपालः टस जितेर नेपालले ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल २ विकेटले विजयी बनेको थियो । 

दुई खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । दोस्रो खेलमा नेपालका तीन खेलाडी परिवर्तन भएका छन् ।

अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिईएको छ भने विनोद भण्डारी, शुशन भारी र करण केसी मैदान फर्किएका छन् ।