१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको झलनाथ खनालको दावी (भिडियोसहित)

केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको झलनाथ खनालको दावी (भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दावी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नु भयो । संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उहाँको निष्कर्ष थियो । ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाएपनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नु भयो, ‘दुई तिहाई बहुमतको सरकार बन्यो नि । नेकपाले दुई तिहाई बहुमत ल्यायो । तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो । यो देशमा अव भूमि सुधारको कार्यक्रम लागू होला । यो देशमा अव कृषि क्रान्ति लागू होला । कृषिको आधुनिकीकरण होला । वा यान्त्रिकीकरण गरिएला । प्रत्येक किसानलाई मल, विऊ, प्राविधिक सेवा, अनुसन्धान सेवा उपलब्ध होलान । त्यतातिर सरकारको ध्यान जाला । त्यसैगरी राष्ट्रिय औद्योगिकीकरणको कुरा आउँला । हाम्रो आफ्नै देशमा आधारित उद्योगधन्दाहरु होलान । पानी उद्योगहरु हामीले व्यापक बनाउन सक्छौं । त्यस्तै वनजन्य उद्योग । जडिबुटीजन्य उद्योगहरु । कृषिजन्य उद्योगहरु । हाम्रो जति सुन्दर देश कुन छ रु हामी पर्यटनजन्य उद्योगहरु, यी हाम्रा राष्ट्रिय उद्योगहरु हुन । हाम्रो देशको विशेषतामा आधारित उद्योगहरु हुन । ती उद्योगहरु हामी स्थापना गर्न सक्थ्यौं । अव यो दुई तिहाईको सरकारले गर्ला भन्ने आम जनताले आशा गरे । माछोमाछो भ्यागुतो भयो । केही पनि भएन । एउटा उद्योग पनि बनेन । अगाडि बढेन । अनि, जनतामा अहिले निराशा छाउन थाल्यो । गरिवी उन्मूलन होला भन्ने आशा थियो । त्यो पनि खास केही भएन । निरक्षरता उन्मूलन गर्ने काम ह्वात्तै अघि बढला भन्ने थियो । त्यो पनि राम्ररी भएन । त्यसो हुनाले जनताले एउटा निराशाको लहर छ । त्यो लहरले तपाईले देखि हाल्नु भयो–यो स्थानीय तहको निर्वाचन भयो । निर्वाचनका परिणामहरु अहिले सबै दलले पढनुपर्ने एउटा ग्रन्थको रुपमा हाम्रो सामू आएका छन । त्यसको अनुभवहरु के हुन रु शिक्षाहरु के हुन रु अनि हामीले अघि बढनुपर्र्ने हुन्छ हेर्नुस । आगामी निर्वाचन पनि आउँदैछ । त्यो निर्वाचनमा पनि सोचौं । हामीेले यो देशमा जनवादी क्रान्ति सम्पन्न ग¥यौं, अव संविधानले भनेजस्तो समाजवादतर्फ जाने हो भने त समाजवादी कार्यक्रम चाहिएन ? समाजवादी नीति चाहिएन ? त्यो समाजवादी नीति तथा कार्यक्रम कस्तो हुन्छ त ? अव नेपालमा । त्यसबारेमा हामीले गहन ढंगले छलफल गर्दै भविष्यको नेपालको परिकल्पना गरेर अगाडि बढनुपर्ने हुन्छ । पूर्व सांसद मञ्चले पनि यसबारेमा सोचोस् । एउटा बहस गराउनुहोस नै तपाईहरु ।’

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।