२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको झलनाथ खनालको दावी (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दावी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नु भयो । संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उहाँको निष्कर्ष थियो । ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाएपनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नु भयो, ‘दुई तिहाई बहुमतको सरकार बन्यो नि । नेकपाले दुई तिहाई बहुमत ल्यायो । तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो । यो देशमा अव भूमि सुधारको कार्यक्रम लागू होला । यो देशमा अव कृषि क्रान्ति लागू होला । कृषिको आधुनिकीकरण होला । वा यान्त्रिकीकरण गरिएला । प्रत्येक किसानलाई मल, विऊ, प्राविधिक सेवा, अनुसन्धान सेवा उपलब्ध होलान । त्यतातिर सरकारको ध्यान जाला । त्यसैगरी राष्ट्रिय औद्योगिकीकरणको कुरा आउँला । हाम्रो आफ्नै देशमा आधारित उद्योगधन्दाहरु होलान । पानी उद्योगहरु हामीले व्यापक बनाउन सक्छौं । त्यस्तै वनजन्य उद्योग । जडिबुटीजन्य उद्योगहरु । कृषिजन्य उद्योगहरु । हाम्रो जति सुन्दर देश कुन छ रु हामी पर्यटनजन्य उद्योगहरु, यी हाम्रा राष्ट्रिय उद्योगहरु हुन । हाम्रो देशको विशेषतामा आधारित उद्योगहरु हुन । ती उद्योगहरु हामी स्थापना गर्न सक्थ्यौं । अव यो दुई तिहाईको सरकारले गर्ला भन्ने आम जनताले आशा गरे । माछोमाछो भ्यागुतो भयो । केही पनि भएन । एउटा उद्योग पनि बनेन । अगाडि बढेन । अनि, जनतामा अहिले निराशा छाउन थाल्यो । गरिवी उन्मूलन होला भन्ने आशा थियो । त्यो पनि खास केही भएन । निरक्षरता उन्मूलन गर्ने काम ह्वात्तै अघि बढला भन्ने थियो । त्यो पनि राम्ररी भएन । त्यसो हुनाले जनताले एउटा निराशाको लहर छ । त्यो लहरले तपाईले देखि हाल्नु भयो–यो स्थानीय तहको निर्वाचन भयो । निर्वाचनका परिणामहरु अहिले सबै दलले पढनुपर्ने एउटा ग्रन्थको रुपमा हाम्रो सामू आएका छन । त्यसको अनुभवहरु के हुन रु शिक्षाहरु के हुन रु अनि हामीले अघि बढनुपर्र्ने हुन्छ हेर्नुस । आगामी निर्वाचन पनि आउँदैछ । त्यो निर्वाचनमा पनि सोचौं । हामीेले यो देशमा जनवादी क्रान्ति सम्पन्न ग¥यौं, अव संविधानले भनेजस्तो समाजवादतर्फ जाने हो भने त समाजवादी कार्यक्रम चाहिएन ? समाजवादी नीति चाहिएन ? त्यो समाजवादी नीति तथा कार्यक्रम कस्तो हुन्छ त ? अव नेपालमा । त्यसबारेमा हामीले गहन ढंगले छलफल गर्दै भविष्यको नेपालको परिकल्पना गरेर अगाडि बढनुपर्ने हुन्छ । पूर्व सांसद मञ्चले पनि यसबारेमा सोचोस् । एउटा बहस गराउनुहोस नै तपाईहरु ।’

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।