• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु

बागमती प्रदेशसभा बैठक: आगामी आवको बजेट बहुमतले पारित



मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ ।प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिनुभएको थियो ।

प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो । यही असार १ गते बसेको प्रदेशसभामा मन्त्री जम्मकट्टेलले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो ।

कूल रु ७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको थियो ।

प्रदेशसभाको आज बसेको तीन चरणको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ माथि छलफल भएको थियो । बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरेको छ ।

बैठकमा विभिन्न मन्त्रालय र निकायहरूको बजेटका शीर्षकहरूमाथि १९सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।खर्च कटौतीको प्रस्ताव गर्नेहरुमा विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, नेमकिपा बागतमी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाइ, नेमकिपाकी सिर्जना सैँजु, विवेकशील साझाकी शोभा शाक्य, राप्रपाकी रीना गुरुङ, नेकपा ९एमाले०की गोमा भुर्तेल, आशामाया तामाङ, विनोदकुमार खड्का, नारायणप्रसाद सिलवाल, दीपक निरौला, सरस्वती बस्नेत, मैना अछामी, राजेश शाक्य, बेलीमाया घले, प्रकाश श्रेष्ठ, रामेश्वर फँुयाल, सरेश नेपाल र सीता लामा हुनुहुन्थ्यो ।