२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७४.९३ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अंकले वृद्धि भएको छ ।  साताको आईतवार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो । तर बिहीवार भने नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर परिसूचक २ हजार बिन्दुमाथि पुगेको छ । बिहीवार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै बिहीवार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन नेप्से १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहको परिसूचक सबैमा हरियाली छाएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सवैभन्दा बढी ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशत, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट्स, हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता वरुण हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य भने घटेको छ । कारोबार रकमका आधारमा ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।