१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ७४.९३ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बिहीवार उच्च अंकले वृद्धि भएको छ ।  साताको आईतवार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो । तर बिहीवार भने नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर परिसूचक २ हजार बिन्दुमाथि पुगेको छ । बिहीवार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै बिहीवार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन नेप्से १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहको परिसूचक सबैमा हरियाली छाएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सवैभन्दा बढी ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशत, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट्स, हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता वरुण हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य भने घटेको छ । कारोबार रकमका आधारमा ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।