१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा बन्यो अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियु) को पूर्ण सदस्य बनेको छ ।

विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आइडियुको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् ।

यसअघि नेपालबाट आइडियु फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशक पछि आइडियु को पुर्ण सदस्यता प्राप्त गरेको हो ।

जर्मनको बर्लिन शहरमा जुन २६ देखि २९ गतेसम्म चलेको आइडियु को फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आइडियुका अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आइडियुको पुर्ण सदस्यताको प्रमाण पत्र ग्रहण गर्नुभयो ।

बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आइवाइडियुका उपाध्यक्ष हिकमत जङ्ग कार्की सहभागि भएका छन् ।

आइडियु फोरम बैठकका क्रममा युरोप पुग्नुभएका उपाध्यक्ष गुरुङ जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, बेल्जियम र स्विटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।