१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माओवादी र कांग्रेसले सुरु गरे वाग्मती मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन

माओवादी र कांग्रेसले सुरु गरे वाग्मती मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रदेशसभाबाट बजेट पास भएपछि सत्तारुढ गठबन्धनबाटै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु भएको हो ।

प्रदेश मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनबिना सजिलै मुख्यमन्त्री पद नछोड्ने बताएपछि हस्ताक्षर संकलन सुरु गरिएको बताइएको छ । पूर्वसहमति अनुसार सत्तारुढ गठबन्धनमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्ने थियो ।

सोही सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) बाट पाण्डे मुख्यमन्त्री भएका हुन् । उनी गत कात्तिक ११ गते छ महिना मुख्यमन्त्री रहने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा सत्तामा आएका हुन् । मुख्यमन्त्री बन्न उनको समर्थनमा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, र जसपाको एकसहित ५९ सांसद थिए ।

आगामी वर्षको बजेट पारित भएपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ अब मुख्यमन्त्री बन्ने पालो थियो ।

कांग्रेसले सहमति अनुरुप अब प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ तर मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र मुख्यमन्त्री पद छाड्ने बताएका छन् । त्यसपछि हस्ताक्षर संकलन सुरु भएको हो ।