७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र कांग्रेसले सुरु गरे वाग्मती मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रदेशसभाबाट बजेट पास भएपछि सत्तारुढ गठबन्धनबाटै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु भएको हो ।

प्रदेश मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्देशनबिना सजिलै मुख्यमन्त्री पद नछोड्ने बताएपछि हस्ताक्षर संकलन सुरु गरिएको बताइएको छ । पूर्वसहमति अनुसार सत्तारुढ गठबन्धनमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्ने थियो ।

सोही सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) बाट पाण्डे मुख्यमन्त्री भएका हुन् । उनी गत कात्तिक ११ गते छ महिना मुख्यमन्त्री रहने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा सत्तामा आएका हुन् । मुख्यमन्त्री बन्न उनको समर्थनमा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, र जसपाको एकसहित ५९ सांसद थिए ।

आगामी वर्षको बजेट पारित भएपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ अब मुख्यमन्त्री बन्ने पालो थियो ।

कांग्रेसले सहमति अनुरुप अब प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ तर मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र मुख्यमन्त्री पद छाड्ने बताएका छन् । त्यसपछि हस्ताक्षर संकलन सुरु भएको हो ।