३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अरबौंको चलखेल गरेर सरकारले आयल निगमलाई व्यापारीको हातमा दिने तयारी गर्दैछ’



file
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरबौंको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भिर आरोप लगाउनु भएको छ ।

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहनु भएका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाउनु भएको हो । उहाँले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अरबौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार किन भयो ? किन भएको छ भने हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढि एमाले समाजवादी । एमाले भन्दा माओवादी बढि समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ? अहिले किसानलाई जुन मार परिहेको छ । महंगी त पर्योपर्यो । मलको अभावको जुन मार परेको छ । त्यतापट्टी कसको ध्यान गयो ? दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो ? त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि । तर भएन । अहिले पनि हाहाकार छ देशमा । यत्रो हाहाकार किन भईरहेको छ देशमा भन्दा व्यापारिको हातमा तपाईले दिनुहुन्छ जव । व्यापारीले त नाफा हेर्छ । जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ ।

यसरी आज निर्धा किसानको संरक्षण भयो ? आफूलाई समाजवादी भन्नेहरुले किसानहरुको पक्षमा के गरे ? आज पनि फेरी म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाई मिडियाहरुको माध्यामबाट एउटा कुरा जाओस– अहिले पनि म फेरी सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भईराखेका छन रे । र, तपाईहरुलाई म सुनाउन चाहन्छु–त्यो चलखेलहरु जो हुन्छन नि । यो चलखेलको पछाडि करोड होईन, अर्व कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भईहाल्यो नि । यसैमा पनि खेलबार्ड । मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौं ।’

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । उहाँले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको पटकपटक दोहोर्याउनुभयो ।

वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराउनु भयो । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरुले खोज्ने नमिल्ने उहाँको भनाई थियो ।