१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्ले काम गर्न नपाउँदा स्वतन्त्रले जित्छन् : झलनाथ खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसद् राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताएका छन् ।

संसद् दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले सनकको भरमा संसद विघटन गर्दा मुलुकमा गैरदलीय प्रवृत्तिको विकास भएको बताए ।

संसद् विघटन गरेर गैरदलीय प्रवृत्तिको विकास भएर नै स्थानीय तहको निर्वाचनमा जनताले गैरदलीय उम्मेदवारलाई जिताएको उनको भनाइ थियो ।

संसद्लाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनु पर्नेमा उनले जोड दिए ।२०७४ को निर्वाचनपछि बनेको दुई तिहाइ बहुमतको सरकारले राम्ररी काम गर्न नसकेको उनको टिप्पणी थियो ।