७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्रै संघ र प्रदेशसभाको निर्वाचन हुनसक्ने भएकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भ कार्यक्रममा उहाँले संघ र प्रदेशसभाको निर्वाचन गराउने दायित्व आयोगको रहेकाले सोबारे निर्णय हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा मत गणनास्थलमा बाध्यता र सुरक्षाका कारण तारबार लगाउनुपरेको स्पष्ट गर्नुभयो । यद्यपि उहाँले लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।