७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday
Latest
प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाटै पक्राउ परराष्ट्रमन्त्री डा राणा बैंकक प्रस्थान सिंहदबारभित्रै राप्रपाद्वारा सांकेतिक प्रदर्शन अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उहाँले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताउनुभयो ।

नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उहाँले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताउनुभयो । प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उहाँले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताउनुभयो ।

नेपालको भूबनोट र हावापनीअनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उहाँले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताउनुभयो । कार्यक्रममा उहाँले मेसिनबाट धान रोप्नुभयो । पत्नी राधिका शाक्यसँगै मेसिनमा बसेर उहाँले खेतमा मेसिन गुडाउँदै धान रोपाइँ गर्नुभएको हो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले नेपालमा बर्सेनि रु ४३ अर्बको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हँुदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्नसके धानमा आत्मनिर्भर हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताउनुभयो ।