१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत



फाइल फोटो
अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।

विवादमा परेकी लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले यहीँ असार १२ गते दिएको राजीनामा आज स्वीकृत भएको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन् ।

गत जेठ महिनाको अन्तिम सातामा दाङका एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको आरोप राज्यमन्त्री वलीमाथि लागेको थियो ।

प्रदेश सरकारले सो घटनाको छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

राज्यमन्त्री वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएको थियो । दाङ क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित उनको निधन भएपछि उनकी श्रीमती विमला सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजन हुँदा उनले नेकपा ९माओवादी केन्द्र० रोजेकी थिइन् । त्यसपछि उनी राज्यमन्त्री बनेकी थिइन् ।