२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरुटारमा ओली दम्पतीले मेसिनबाट रोपे धान



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाइँ गरेका छन् ।

भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाइँ महोत्सवमा श्रीमती राधिका शाक्यसँगै ओलीले मेसिनबाट धान रोपेका हुन् ।

ओलीले धान रोपाइँ गरेपछि महोत्सवमा सहभागीहरुले पनि धान रोपेका थिए । असारे भाका गाउँदै महासंघ सदस्यहरुले धान रोपाइँ गरेका थिए ।

महोत्सवमा ओलीले भने, ‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, र कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ।’

नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्ने बताउँदै धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने ओलीको भनाई छ ।