२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न सरकारले सक्दैनः विश्वप्रकाश शर्मा (भडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रश्ताव राख्नुपर्ने बताउनु भयो ।

नेपाल गरिब राष्ट्र भएकोले दुवै देशको व्यापारका लागि बाटो भाडामा उपलब्ध गराउने कुरा चीन र भारतलाई भन्नुपर्ने बताउनु भयो । उहाँले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेल बनाउन सक्नेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । महामन्त्री शर्माले अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेको भएपनि रेल कहाँबाट ल्याउने र सक्छौँ, सक्दैनौँ भन्ने आधार नै नरहेको बताउनु भयो ।

उहाँले एउटै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित गर्न नसकेको भन्दै एउटाबाट दोस्रोमा जानुपर्ने बेलामा एकैपटक ४ वटामा प्रवेश गर्नु गलत भएको बताउनु भयो । उहाँले चुनावका लागि गरिने प्रतिवद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिवद्धता व्यक्त गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन । हामीले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्नुपर्छ । आउनुपर्छ त्यो तर नेपालले प्रष्ट भन्नुपर्छ, हामी सक्दैनौँ, तिमीहरु व्यापार गर, लिज बाटो दिन्छौँ । सामाना लैजाउ बाटो दिन्छौँ । हामी गरिब राष्ट्र छौँ, तिमीहरुको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ भन्न भारत र चीनलाई भन्न सक्नुपर्छ । नेपालले ढुकुटीको पैसा लगानी गरेर वा सफ्ट लोन लिएर हामीले बनाउन सक्छौँ, भन्दै गर्दा सोच्ने भनेको मेचीदेखि महाकालीको रेल हो ।

अहिले केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिरहेका छौँ, थाहा छैन कहाँबाट आउने हो ? एउटै अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सकिएको थिएन, एकैपटक ४ वटामा पुग्यौँ । एउटापछि त २ वटामा जाने हो नि । हामी एउटाबाट दोस्रोमा जाने हो । तर किन सबैतिर गयौँ भन्दा हामीलाई एकैपटक चुनाव लाग्छ । सबैतिर दृष्टिकोण, भिजन छ भन्छौँ । पूर्वाधार विकासको सवालमा मिडियोले सस्तो लोकप्रियता नहेरी राजनीतिक नेतृत्व यो गर्न मिल्दैन भनेर लेख्दिनुहोस् ।’

महामन्त्री शर्माले गलत सूचनाको असर एमसीसीमा परेको बताउनु भयो । डकुमेण्ट बनाउन मन्त्रीमण्डलमा बस्ने, छलफल, संवाद गर्नेहरुले दिएको गलत सूचनाका कारण पनि जनताहरु भड्किरहेकोले गलत सूचना प्रशारण गर्न नहुने बताउनु भयो ।