४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा



फाइल फोटो
अ+ अ-

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

गत जेठ महिनाको अन्तिम सातामा दाङका एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको आरोप राज्यमन्त्री वलीमाथि लागेको थियो । प्रदेश सरकारले सो घटनाको छानबिन गर्न एक समिति गठन गरेको थियो ।

राज्यमन्त्री वलीले सो छानबिन समितिलाई सघाउने उद्देश्यले राजीनामा दिएको बताइएको छ । उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

राज्यमन्त्री वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएको थियो । दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित उनको निधन भएपछि उनकी श्रीमती विमला सोही क्षेत्रमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजन हुँदा उनले नेकपा (माओवादी केन्द्र) रोजेकी थिइन् । त्यसपछि उनी राज्यमन्त्री बनेकी थिइन् ।