५ श्रावण २०८३, मंगलवार
,
Latest
बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा रोपाइँको चहलपहल सुरु



फाईल फोटो
अ+ अ-

रामपुर । पाल्पामा असारको मध्यसम्म करिब ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारीका अनुसार रामपुरबाहेक जिल्लाका सबैजसो पालिकामा रोपाइँको चहलपहल सुरु भएको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ सुरु भएको छ ।

जिल्लामा असारको पहिलो हप्ताबाट धान रोपाइँको चहलपहल सुरु भएको हो । बाँझो जमिन र सूर्यमुखीको उत्पादन लिइएको करिब तीन रोपनी जग्गामा धान रोपाइँ सम्पन्न गरिएको रम्भा गाउँपालिका–१ सगाहका कृषक ऋषिराम अर्यालले बताउनुभयो ।

मकै लगाइएको खेतमा असारको अन्त्यतिर रोपाइँ गरिन्छ । धान दिवसका अवसरमा पाल्पाको पूर्वखोला गाउँपालिका–३ रिङ्नेरहमा कृषि ज्ञानकेन्द्रको सहयोगमा विशेष रोपाइँ महोत्सव तथा धान दिवस कार्यक्रम आयोजना गरिएको छ । महिला तथा पुरुषका लागि हिले दौड प्रतियोगिता रहेको छ ।

आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

आज १९औँ धान दिवस ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग धान खेतीको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।

पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । मनसुन छिटो भित्रिएकाले भने यस वर्ष छिटो रोपाइँ सुरु भएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् ।

पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रीकरणको विकासले पनि धान रोपाइँ छिटो छरितो हुने गरेको छ । सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरु उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।