२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ ।प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ । 

नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा हुनुहुन्छ । 

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आउनुभएकी उहाँले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । आजै उहाँले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गर्नुभएको थियो । 

बिहीबार बिहान काठमाडौँमा आइपुग्नुभएकी उपाध्यक्ष सुमार दिनभर भेटघाटमा नै व्यस्त रहनुभयो । त्यसक्रममा उहाँले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गर्नुभएको थियो ।