२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सभा बैठक बोलाउन एमालेको माग



अ+ अ-

गण्डकी । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।

नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताउनुभयो ।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९/८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाउनुभयो ।

बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उहाँले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गर्नुभयो । उहाँले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिनुभयो ।