२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोकोे ऋण तिर्ने हुटहुटी…



अ+ अ-

“जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो”
चर्चित सांगीतिक समूह १९७४ एडीले गाएको यो गीतले स्वदेश भित्र रहेका नेपालीहरुलाई भन्दा बिदेशमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नागरिकहरुलाई बढी छुन्छ । चाडपर्व होस वा फुर्सदको समयमा साथीभाईबीच भेटघाट हुँदा यस्तै गीतहरु अनायस गुनगुनाउन पुग्छन् । किनभने उनीहरुको मन नै नेपाली हो । नेपाली माटोमा जन्मे हुर्केको । 

भनिन्छ, माटो छाडेपछि माटाेकाे माया र महत्व बढी हुन्छ । यस्तै  नेपाली माटो प्रति अगाध माया र स्नेह बोकेर के गरौँ, कसो गरौँ भन्दै निरन्तर अग्रसर भैरहेका छन् थाइल्याण्डमा रहनुभएका डैङ लिम्बु । बिगत तीन पुस्तादेखि थाई्ल्याण्डमा रहनुभएका लिम्बुका  हजुरबुबा "बर्मा गए कर्मसँगै" भनेझैँ नेपालको ताप्लेजुङबाट बर्मा हुदै थाईल्याण्ड पुग्नुभयो । उहाँ समेतको तीन पुस्ता र उहाँ पछिको पुस्ताको कर्मभूमी थाईल्याण्ड बनेको छ तर मन भने चरी बनेर भुरुरु उडेर पटक पटक नेपाल नै पुगेजस्तो लाग्ने अनुभुति छ लिम्बु संग ।

थाई नेपाली संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका लिम्बुले थाई मिश्रीत नेपाली लबजमा भन्नुभयो 'खै हाम्रो थरी लिङ्देन हो भन्छन् र तर ठ्याक्कै कुन गाउँ भन्ने पत्तो पाउन सकिएन । माटोको साह्रै माया लाग्दो रहेछ, अब छिट्टै गाउको माटो चिन्न र ढोग्न नेपाल आउँछु ।' थाई लबजमा भन्नुभयो– 'नेपाली भाषा बोल्न र माटो भुल्न त कसरी पो सकिएला र ? '

लिम्बुका अनुसार हाल थाईल्याण्डमा बर्माबाट आएका, थाईल्याण्डमा नै जन्मीएका, नेपालबाट अध्यायन, रोजगारी र ब्यापार ब्यावसाय गर्न गएका गरी करिब ८० हजार जति नेपाली छन् । उनी भन्छन् 'सबै नेपाली दाजुभाई दिदी बहिनी जस्ता लाग्छन् । त्यसैले त सम्भव हुदासम्म जमघट हुने चाडपर्व आउँदा नेपालको न्यास्रो मेटाउने काम हुन्छ । बरु त्यता चाडपर्बको रौनक हराएको होला हामीलाई त यहाँ चाडपर्ब आएपछि निकै रमाइलो हुन्छ, तीज, दशै, तिहार, छठ, नेपाल सम्बत, साकेला, उधौली उभौली, ल्होसार सम्भव भएसम्मका चाडपर्ब मनाउने गरेका छौँ । '

उहाँले दुखेको पोख्नुभयो– खै हाम्रो पुस्ताले त नेपाली भाषा राम्ररी सिक्न नै पाएन, त्यसैले यहाँ तीन महिना बिद्यालय छुट्टी भएको बेला नानी बाबुहरुलाई जम्मा पारेर नेपाली भाषा संस्कार र संस्कृति सिकाइरहेका छौँ ।  


थाईल्याण्डको चर्चित पर्यटकीय क्षेत्र फुकेटमा बसोबास गर्ने सायद आफु नै पहिलो नेपाली मुलको भएको दाबी गर्दै उहाँले भन्नुभयो–  'यहाँ रहेका नेपालीहरु तयारी पोशाक, कपडा, गहना, तथा पर्यटकीय व्यवसायमा सग्लन रहेको छन् भने बैंककमा बिभिन्न रोजगार र व्यवसायमा संग्लन रहेका छन् ।' लिम्बुलाई केही बर्ष अघि सरकारले फुकेट क्षेत्रको पर्यटक सद्भावना दूत समेत नियुक्ति गरेको थियो । गैरआवासीय नेपालीहरुको संस्था एनआरएमा क्रियाशील रहेका लिम्बु र उहाँको समूहलाई नेपाललाई दुख्दा त्यता मन चसक्क हुन्छ, त्यसैले त २०७२ को भूकम्पको बेला होस वा कोरानको महामाहारीको बेला सहयोग जुटाएर पठाउने हुटहुटी चल्छ । 

अनि सहयोग सामग्री बोकेर नेपाली राजदुताबासमा पुगिहाल्छन् । यसपटक नेपालमा मात्र होइन संसारमा फैलिएको कोभिड -१९ को महामारीका बेला थाइल्याण्डमा रहेर समस्यामा परेका नेपालीहरुलाई थाई नेपाली समाज फुकेट तथा श्री भागवत धाम सनातन मन्दिर फाउन्डेसनका तर्फबाट लिम्बुकै अगुवाईमा राहात वितरण तथा सहयोग सामग्री उपलब्ध गराईएको थियो । 

नेपाल पनि पर्यटकहरुका लागि आकर्षक गन्तव्य रहेपनि पर्याप्त लाभ लिन नसकेको गुनासो गर्दै लिम्बुले भन्नुभयो 'कृतिम रुपमा तयार भएका संरचनाले त थाईल्याण्डले पर्यटकिय क्षेत्रमा यती प्रगति गरेको छ, नेपाल त खुल्ला पर्यटकय सग्रालय जस्तो छ खै किन किन लाभ नै उठाउन सकेन । सगरमाथा देखि पशुपतिनाथ र लुम्बिनी जस्ता कति धेरै ठाउँ छन् प्रचार प्रसार नै भएन कि राम्रो नीति बनेन ।'

थाईल्याण्ड बौद्ध मार्गी देश भएको र यहाँका धेरै नागरिक नेपाल र अझ लुम्बिनी जान खोज्छन् तीनलाई पनि आकर्षित गर्न सकेको छैन । फुकेटको नगरका नगरप्रमुखलाई ढाका टोपी लगाउँदै नेपाल र बुद्ध जन्मस्थलबारे बुझाएपछि मेयरको भनाई उदृत गर्दै लिम्बुले भने कोरोनाको अबस्थामा सामान्य हुदै गएपछि मेरो परिबारको पहिलो बिदेश भ्रमणको गन्तव्य लुम्बिनी नै हुन्छ, अहिल्यै जाउँ जस्तो पो लाग्यो हो ।

यहाँका बौद्ध भिक्षुहरुलाई बुद्धजन्मस्थल बारे बिभिन्न भ्रम रहेपनि हाल त्यो भ्रम निबारण हुदै गएको र नेपाल जान ईच्छुक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– विदेशमा रहेर पनि नेपाल चिनाउने अभियान त गरी नै रहेका छाँै । त्यसैले त लिम्बु र उहाँ जस्तै नेपालप्रति आत्मीय मन भएका नेपालीहरुलाई निर्देशक तुलसी घिमिरेले निर्माण गर्नुभएको चलचित्र देउताका गीतका शब्दहरु जस्तै  “अब यो बाटो मेरो हो कि म यो बाटोको, अब यो माटो मेरो हो कि म यो माटोको” भन्दै माटोकोे ऋण तिर्ने हुटहुटी छ । 

अनि आमाको दूधको भारा लाग्छ भनेजस्तै आफनो पूर्खा जन्मिएको माटोमा बसेर माटोको सेवा गर्न नसके पनि विदेशमा बसेर आफ्नो धर्तीलाई स्मरण गर्नु र मौका मिल्यो कि आफ्नो माटो ढोग्न पुग्नुलाई पनि आमाको मायाको रुपमा नै लिनुपर्छ ।