२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

माटोकोे ऋण तिर्ने हुटहुटी…

माटोकोे ऋण तिर्ने हुटहुटी…
अ अ+ अ-

“जसो गर, जे भन, जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो”
चर्चित सांगीतिक समूह १९७४ एडीले गाएको यो गीतले स्वदेश भित्र रहेका नेपालीहरुलाई भन्दा बिदेशमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नागरिकहरुलाई बढी छुन्छ । चाडपर्व होस वा फुर्सदको समयमा साथीभाईबीच भेटघाट हुँदा यस्तै गीतहरु अनायस गुनगुनाउन पुग्छन् । किनभने उनीहरुको मन नै नेपाली हो । नेपाली माटोमा जन्मे हुर्केको । 

भनिन्छ, माटो छाडेपछि माटाेकाे माया र महत्व बढी हुन्छ । यस्तै  नेपाली माटो प्रति अगाध माया र स्नेह बोकेर के गरौँ, कसो गरौँ भन्दै निरन्तर अग्रसर भैरहेका छन् थाइल्याण्डमा रहनुभएका डैङ लिम्बु । बिगत तीन पुस्तादेखि थाई्ल्याण्डमा रहनुभएका लिम्बुका  हजुरबुबा "बर्मा गए कर्मसँगै" भनेझैँ नेपालको ताप्लेजुङबाट बर्मा हुदै थाईल्याण्ड पुग्नुभयो । उहाँ समेतको तीन पुस्ता र उहाँ पछिको पुस्ताको कर्मभूमी थाईल्याण्ड बनेको छ तर मन भने चरी बनेर भुरुरु उडेर पटक पटक नेपाल नै पुगेजस्तो लाग्ने अनुभुति छ लिम्बु संग ।

थाई नेपाली संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका लिम्बुले थाई मिश्रीत नेपाली लबजमा भन्नुभयो 'खै हाम्रो थरी लिङ्देन हो भन्छन् र तर ठ्याक्कै कुन गाउँ भन्ने पत्तो पाउन सकिएन । माटोको साह्रै माया लाग्दो रहेछ, अब छिट्टै गाउको माटो चिन्न र ढोग्न नेपाल आउँछु ।' थाई लबजमा भन्नुभयो– 'नेपाली भाषा बोल्न र माटो भुल्न त कसरी पो सकिएला र ? '

लिम्बुका अनुसार हाल थाईल्याण्डमा बर्माबाट आएका, थाईल्याण्डमा नै जन्मीएका, नेपालबाट अध्यायन, रोजगारी र ब्यापार ब्यावसाय गर्न गएका गरी करिब ८० हजार जति नेपाली छन् । उनी भन्छन् 'सबै नेपाली दाजुभाई दिदी बहिनी जस्ता लाग्छन् । त्यसैले त सम्भव हुदासम्म जमघट हुने चाडपर्व आउँदा नेपालको न्यास्रो मेटाउने काम हुन्छ । बरु त्यता चाडपर्बको रौनक हराएको होला हामीलाई त यहाँ चाडपर्ब आएपछि निकै रमाइलो हुन्छ, तीज, दशै, तिहार, छठ, नेपाल सम्बत, साकेला, उधौली उभौली, ल्होसार सम्भव भएसम्मका चाडपर्ब मनाउने गरेका छौँ । '

उहाँले दुखेको पोख्नुभयो– खै हाम्रो पुस्ताले त नेपाली भाषा राम्ररी सिक्न नै पाएन, त्यसैले यहाँ तीन महिना बिद्यालय छुट्टी भएको बेला नानी बाबुहरुलाई जम्मा पारेर नेपाली भाषा संस्कार र संस्कृति सिकाइरहेका छौँ ।  


थाईल्याण्डको चर्चित पर्यटकीय क्षेत्र फुकेटमा बसोबास गर्ने सायद आफु नै पहिलो नेपाली मुलको भएको दाबी गर्दै उहाँले भन्नुभयो–  'यहाँ रहेका नेपालीहरु तयारी पोशाक, कपडा, गहना, तथा पर्यटकीय व्यवसायमा सग्लन रहेको छन् भने बैंककमा बिभिन्न रोजगार र व्यवसायमा संग्लन रहेका छन् ।' लिम्बुलाई केही बर्ष अघि सरकारले फुकेट क्षेत्रको पर्यटक सद्भावना दूत समेत नियुक्ति गरेको थियो । गैरआवासीय नेपालीहरुको संस्था एनआरएमा क्रियाशील रहेका लिम्बु र उहाँको समूहलाई नेपाललाई दुख्दा त्यता मन चसक्क हुन्छ, त्यसैले त २०७२ को भूकम्पको बेला होस वा कोरानको महामाहारीको बेला सहयोग जुटाएर पठाउने हुटहुटी चल्छ । 

अनि सहयोग सामग्री बोकेर नेपाली राजदुताबासमा पुगिहाल्छन् । यसपटक नेपालमा मात्र होइन संसारमा फैलिएको कोभिड -१९ को महामारीका बेला थाइल्याण्डमा रहेर समस्यामा परेका नेपालीहरुलाई थाई नेपाली समाज फुकेट तथा श्री भागवत धाम सनातन मन्दिर फाउन्डेसनका तर्फबाट लिम्बुकै अगुवाईमा राहात वितरण तथा सहयोग सामग्री उपलब्ध गराईएको थियो । 

नेपाल पनि पर्यटकहरुका लागि आकर्षक गन्तव्य रहेपनि पर्याप्त लाभ लिन नसकेको गुनासो गर्दै लिम्बुले भन्नुभयो 'कृतिम रुपमा तयार भएका संरचनाले त थाईल्याण्डले पर्यटकिय क्षेत्रमा यती प्रगति गरेको छ, नेपाल त खुल्ला पर्यटकय सग्रालय जस्तो छ खै किन किन लाभ नै उठाउन सकेन । सगरमाथा देखि पशुपतिनाथ र लुम्बिनी जस्ता कति धेरै ठाउँ छन् प्रचार प्रसार नै भएन कि राम्रो नीति बनेन ।'

थाईल्याण्ड बौद्ध मार्गी देश भएको र यहाँका धेरै नागरिक नेपाल र अझ लुम्बिनी जान खोज्छन् तीनलाई पनि आकर्षित गर्न सकेको छैन । फुकेटको नगरका नगरप्रमुखलाई ढाका टोपी लगाउँदै नेपाल र बुद्ध जन्मस्थलबारे बुझाएपछि मेयरको भनाई उदृत गर्दै लिम्बुले भने कोरोनाको अबस्थामा सामान्य हुदै गएपछि मेरो परिबारको पहिलो बिदेश भ्रमणको गन्तव्य लुम्बिनी नै हुन्छ, अहिल्यै जाउँ जस्तो पो लाग्यो हो ।

यहाँका बौद्ध भिक्षुहरुलाई बुद्धजन्मस्थल बारे बिभिन्न भ्रम रहेपनि हाल त्यो भ्रम निबारण हुदै गएको र नेपाल जान ईच्छुक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– विदेशमा रहेर पनि नेपाल चिनाउने अभियान त गरी नै रहेका छाँै । त्यसैले त लिम्बु र उहाँ जस्तै नेपालप्रति आत्मीय मन भएका नेपालीहरुलाई निर्देशक तुलसी घिमिरेले निर्माण गर्नुभएको चलचित्र देउताका गीतका शब्दहरु जस्तै  “अब यो बाटो मेरो हो कि म यो बाटोको, अब यो माटो मेरो हो कि म यो माटोको” भन्दै माटोकोे ऋण तिर्ने हुटहुटी छ । 

अनि आमाको दूधको भारा लाग्छ भनेजस्तै आफनो पूर्खा जन्मिएको माटोमा बसेर माटोको सेवा गर्न नसके पनि विदेशमा बसेर आफ्नो धर्तीलाई स्मरण गर्नु र मौका मिल्यो कि आफ्नो माटो ढोग्न पुग्नुलाई पनि आमाको मायाको रुपमा नै लिनुपर्छ ।