• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनाति दिनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभएको हो । अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाउनु भयो ।

उहाँले जन दाबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताउनु भयो । अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको बताउनु भयो । उहाँले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याँइ बाहेक अरु नभएको बताउनु भयो । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिनुभयो ।

उहाँले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा माओवादीले सभामुख पदमा एमसीसी साटेको आरोप लगाउनु भयो । उहाँले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादीले गरेको बताउनु भयो । अध्यक्ष ओलीले अध्यक्ष दाहालले गर्नु हुने र नहुने सबैकाम सरकारमा रहेर गरिरहेको बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिनुभयो ।

उहाँले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोईरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको बताउनु भयो । अध्यक्ष ओलीले निर्वाचन आयोगकी निर्वाचन आयुक्त ईश्वरी पौडेलले गठबन्धन र काँग्रेसी पल्टिएर केपी ओलीले एसपीपीमा अस्ताक्षर गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चेतावनी दिनुभयो । अध्यक्ष ओलीले अमेरिकी एम्बेसीले आफू प्रधानमन्त्री हुनुपूर्व नै पत्र पठाइएको भन्ने सत्यता बोल्न आग्रह गर्नुभयो । उहाँले टिपेस लगाएर र हातले नखेलेको वास्तविक पत्र जनतालाई देखाउन पनि सरकारलाई चुनौति दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकजना नेताले पटकपटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो । अन्तर्राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन् । राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन् । केपी ओलीको समयमा ल्याएको थियो, अहिले मैले भुमिका खेलेर मैले रोकेँ । यो भन्दा बढ्ता ढाँट कुरो, यो भन्दा बढ्ता फट्याँइ के हुन्छ ? वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ नि । गल्ती हुनसक्छ, त्यो स्वीकार्न पाइन्छ । राष्ट्रियता भन्ने कुरा तमासा, हाउभाउ गर्ने चिज होइन । नखरा, अभिनय गर्ने, झुक्याउने, धोका दिने चिज होइन ।

राष्ट्रियता भनेको आफ्नो देश, भुगोल, राष्ट्र, राष्ट्रियता, जनता, सभ्यता, संस्कृति, समाज, आफ्नो भुगोलदेखि समाजसम्म सबै पक्षको समग्र हतिमा तलमाथि पर्न नपाओस्, त्यसको अस्तित्वको रक्षा हुनुपर्छ भन्ने कुरा हो । एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो । उहाँहरुले नै पास गर्नुभयो । अरुको बारेमा त चर्चा गर्नै परेन नि, स्पष्ट छ । बीचमा यस्तो वातावरण बनाउनु भयो, हल्लाखल्ला, सडक भत्काउन किन परेको थियो, किन बाटोमा हिँड्नेलाई ढुंगा हान्नुपरेको थियो । सबैभन्दा बढी त माओवादीले गरेको छ नि त्यो कुरा ।

प्रचण्डको निर्देशनमा गरे नि । सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने देउवा र प्रचण्डले ४/५ महिनाको समय देउ सरकारी खर्चमा सबैलाई लट्पट्याएर पास गराउँछौं, त्यहीँ छ त लेखेको त । ५ महिनामा उहाँहरुले भनेजस्तो भएन होला लाचार भएर, लाचार देखिएर पास गर्नुभयो । जनतालाई धोका दिएर पास गर्नुभयो । सबैभन्दा बढी उफ्रिने त माओवादी थियो । सभामुखकै पद जाने अवस्था भइसक्यो अनि के गर्ने त एमसीसी पास गर्नुपर्ने भयो भन्नुभयो, राष्ट्रहीत विपरित् छ, यो देशद्रोही कुरा हो, कुनै हालतमा हुन सक्दैन । धुलो उड्छ, के उड्छ भन्नुभयो, अनि के यो सभामुखको पदसँग साट्ने कुरा हो । यस्ता कुराको सहारा लिने हो यस्तो तर्कमा ?

उहाँहरुले भन्नुपर्छ नि, यो राष्ट्रहीतको पक्षमा छ त्यसकारण पास गरेँ । वा राष्ट्रहीतको पक्षमा छैन र पनि पास गरेँ, मलाई देशको मतलव छैन ? सभामुख जोगाउनु छ । उहाँहरुले त त्यही भन्नुभयो अन्तिममा । राष्ट्रहीतको मतलव छैन, सभामुख जोगाउनु छ । अहिले भन्दै हुनुहुन्छ, कति बुद्धिमतापूर्ण, कत्रो बुद्धि हाम्रो । दुनियाँलाई उफारियो, देशभक्तका नारा दिइयो, सडकमा लडाइयो । अन्तिममा आएर पास गराइयो । अहिले एसपीपीमा त्यस्तै कुरा गरिरहनुभएको छ । एसपीपी, म प्रचण्डजीलाई, उहाँ सरकारमा हुनुहुन्छ । गर्न नहुने, गर्न हुने सबैकाम गर्दै हुनुहुन्छ ।

म उहाँहरुलाई भन्न चाहन्छु, एसपीपी दुई वटा कुरा हो । एउटा अहिले जुन ड्राफ्ट बाहिर आयो, जो बहुत खतरनाक छ । त्यो ड्राफ्ट अहिले नयाँ ड्राफ्ट हो, यो पहिला आएको थिएन र यस्तो ड्राफ्टमाथि कुनै विचार विमर्श भएको थिएन । यस्तो ड्राफ्टको सम्बन्धमा कसैले पत्र लेखेको थिएन । यो नयाँ ड्राफ्ट हो । यो घातक छ । ठिक छ पास गर्छौं भन्दै हुनुहुन्थ्यो, जनताले दरो दबाब दिएपछि पछि सरेर ठिक छ पास गर्दैनौँ भन्नुभयो । अनि भन्नुहुन्छ, हामीले गरेर, हामी सरकारमा थियौँ र । अनि यो ड्राफ्ट कसले दियो त, हामीले दिएको हो र ? २०७२ साल असोज ६ गते तत्कालीन रक्षा तथा प्रधानमन्त्री सुशील कोईरालाले मन्त्रीस्तरीय निर्णय गरेर एसपीपीको अंग बन्न तयार छ भन्ने निर्णय गर्नुभयो ।

असोज १३ गते नेपाली सेनालाई रक्षा मन्त्रालयले पत्र लेख्यो, यस सम्बन्धमा पत्राचार गर्नु भनेर । त्यसपछि असोज २५ गते म प्रधानमन्त्री भएँ । कुनै जानकारी, सरसल्लाह नै नभइ ,अहिले कार्तिक १० गतेको ठेगाना दिएको छ । म सरकारलाई अहिले पनि ओर्जिनल पत्र देखाउ भन्छु । म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर र पठाएको मितिमा पनि २७ अक्टुबर लेखेको छ हातले । सबै टाइप छ, त्यो पछि हातले किन लेख्नुप¥यो भने, त्यहाँ टिपेस लगाएर, त्यसलाई मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु । हातले नलेखेको त्यो पत्र ल्याउनुस् । यदि त्यसै मितिमा पनि थियो भने, पनि निकाल्नुहोस् । राजेन्द्रबहादुर क्षेत्री त्यतिबेलाका प्रधानसेनापति जीवित अमेरिकामा हुनुहुन्छ । उहाँसँग सोधे हुन्छ नि त । त्यति बेलाको रक्षा र प्रधानमन्त्रीललाई बताउनुभएको थियो कि थिएन ? नेपाली सेनाले बतायो कि बताएन ? बताएको भए सेनाले पत्र पठाउने बेला त्यो सरकारले रोक्थ्यो ।

सेनाले एम्बेसीलाई लेख्ने कुरा लेख्यो । विधि सम्मत नै भएन । तर यो कुराको जानकारी भएन । तर म के विश्वस्त छु भने यो पनि अझ २७ अक्टुबर भनेर मिति लेखिएको छ, त्यो २७ हातले लेखिएको छ । अरु सबै टाइप २७ तारिख हातले । किनभने त्यसमा केरमेट गर्नुप¥यो । किनभने अहिले केपी ओलीलाई मुस्नका लागि आज र अहिले लेखिएको हो । चलानी नम्बर पहिलाको फेरेर ८५ कसरी भयो त नि ? सबै लाइनमा टाइप गरेको छ, बीचको ८५ लेखिएको छ । छली काम अहिलेको सरकारले गरेको छ । यति कमजोर । यदी मेरो समयमा म प्रधानमन्त्री हुँदा भएको भएपनि त्यो गलत छ, त्यो मेरो जानकारी बिना भएको छ ।

अहिले निर्वाचन आयोगकी आयुक्त ईश्वरी पौडेल केपी ओलीको पालोमा भनेर निकै काँग्रेसी पल्टिन खोज्नुभयो । सत्तापक्षीय पल्टिन खोज्नुभयो । उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो ? उहाँले केपी ओलीलाई भेट्नुभयो ? केपी ओली हेड क्वार्टर गयो ? पत्राचार गरेर सोध्नुभयो ? अहिले मौखिक बयानबाजी गर्नुहुन्छ, केपी ओलीलाई भनेको थिएँ भनेर । झुटो कुरा हो त्यो । मलाई दुःख के लाग्यो भने निर्वाच्न आयुक्तजस्तो मान्छेले आज झुटको गवाही दिनुभयो । झुटको साक्षी बस्न जानुभयो । त्यो बताएके कुरा प्रमाणित गर्नुहोस् । केपी ओली प्रधानमन्त्री भएर निर्णय, हस्ताक्षर गरेको प्रमाणित गर्नुस् त्यो कसैले सक्नेवाला छैन । त्यसपछि म सरकारबाट हटेपछि प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो ।

यो पत्र वास्तवमा म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको हो । अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्ने म चाहन्छु । यसमा अहिले आएर जालसाझी गरिएको छ । २०७४ साल वैशाख २४ गते प्रचण्ड प्रधानमन्त्री हुँदा फेरि अर्को पत्र पठाएको छ । इण्डोप्यासिफिक हेड क्वाटरलाई । त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री भएपछि फेरि किन जवाफ आएन भनेर २०७४ साल माघमा फेरि पत्र पठाइएको छ । मेरो समयमा रोकेको हो ।

सन् २०१९ मा नै यो गलत छ भनेपछि रोकिसकेको कुरा हो । अहिले भित्रभित्रै अर्को डा«ाफ्ट ल्याएर नेपालको परराष्ट्रनीति, असंलग्नता, तटस्थता सबैलाई लत्याएर गलत चिज अघि सार्न खोजियो । तर खतरा छ । यो गठबन्धन र गठबन्धनमा एमसीसीमा हुन्छ भनेर हात उठाउनेहरु ती सबै यसमा सरिक छन् । जनदबाबले स्थगित गरेका हुन्, भेल शान्त हुने बित्तिकै जाल लिएर जान्छन् ।’