१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौति

एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौति
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनाति दिनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिनुभएको हो । अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाउनु भयो ।

उहाँले जन दाबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताउनु भयो । अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको बताउनु भयो । उहाँले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याँइ बाहेक अरु नभएको बताउनु भयो । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिनुभयो ।

उहाँले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा माओवादीले सभामुख पदमा एमसीसी साटेको आरोप लगाउनु भयो । उहाँले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादीले गरेको बताउनु भयो । अध्यक्ष ओलीले अध्यक्ष दाहालले गर्नु हुने र नहुने सबैकाम सरकारमा रहेर गरिरहेको बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिनुभयो ।

उहाँले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोईरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको बताउनु भयो । अध्यक्ष ओलीले निर्वाचन आयोगकी निर्वाचन आयुक्त ईश्वरी पौडेलले गठबन्धन र काँग्रेसी पल्टिएर केपी ओलीले एसपीपीमा अस्ताक्षर गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चेतावनी दिनुभयो । अध्यक्ष ओलीले अमेरिकी एम्बेसीले आफू प्रधानमन्त्री हुनुपूर्व नै पत्र पठाइएको भन्ने सत्यता बोल्न आग्रह गर्नुभयो । उहाँले टिपेस लगाएर र हातले नखेलेको वास्तविक पत्र जनतालाई देखाउन पनि सरकारलाई चुनौति दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकजना नेताले पटकपटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो । अन्तर्राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन् । राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन् । केपी ओलीको समयमा ल्याएको थियो, अहिले मैले भुमिका खेलेर मैले रोकेँ । यो भन्दा बढ्ता ढाँट कुरो, यो भन्दा बढ्ता फट्याँइ के हुन्छ ? वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ नि । गल्ती हुनसक्छ, त्यो स्वीकार्न पाइन्छ । राष्ट्रियता भन्ने कुरा तमासा, हाउभाउ गर्ने चिज होइन । नखरा, अभिनय गर्ने, झुक्याउने, धोका दिने चिज होइन ।

राष्ट्रियता भनेको आफ्नो देश, भुगोल, राष्ट्र, राष्ट्रियता, जनता, सभ्यता, संस्कृति, समाज, आफ्नो भुगोलदेखि समाजसम्म सबै पक्षको समग्र हतिमा तलमाथि पर्न नपाओस्, त्यसको अस्तित्वको रक्षा हुनुपर्छ भन्ने कुरा हो । एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो । उहाँहरुले नै पास गर्नुभयो । अरुको बारेमा त चर्चा गर्नै परेन नि, स्पष्ट छ । बीचमा यस्तो वातावरण बनाउनु भयो, हल्लाखल्ला, सडक भत्काउन किन परेको थियो, किन बाटोमा हिँड्नेलाई ढुंगा हान्नुपरेको थियो । सबैभन्दा बढी त माओवादीले गरेको छ नि त्यो कुरा ।

प्रचण्डको निर्देशनमा गरे नि । सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने देउवा र प्रचण्डले ४/५ महिनाको समय देउ सरकारी खर्चमा सबैलाई लट्पट्याएर पास गराउँछौं, त्यहीँ छ त लेखेको त । ५ महिनामा उहाँहरुले भनेजस्तो भएन होला लाचार भएर, लाचार देखिएर पास गर्नुभयो । जनतालाई धोका दिएर पास गर्नुभयो । सबैभन्दा बढी उफ्रिने त माओवादी थियो । सभामुखकै पद जाने अवस्था भइसक्यो अनि के गर्ने त एमसीसी पास गर्नुपर्ने भयो भन्नुभयो, राष्ट्रहीत विपरित् छ, यो देशद्रोही कुरा हो, कुनै हालतमा हुन सक्दैन । धुलो उड्छ, के उड्छ भन्नुभयो, अनि के यो सभामुखको पदसँग साट्ने कुरा हो । यस्ता कुराको सहारा लिने हो यस्तो तर्कमा ?

उहाँहरुले भन्नुपर्छ नि, यो राष्ट्रहीतको पक्षमा छ त्यसकारण पास गरेँ । वा राष्ट्रहीतको पक्षमा छैन र पनि पास गरेँ, मलाई देशको मतलव छैन ? सभामुख जोगाउनु छ । उहाँहरुले त त्यही भन्नुभयो अन्तिममा । राष्ट्रहीतको मतलव छैन, सभामुख जोगाउनु छ । अहिले भन्दै हुनुहुन्छ, कति बुद्धिमतापूर्ण, कत्रो बुद्धि हाम्रो । दुनियाँलाई उफारियो, देशभक्तका नारा दिइयो, सडकमा लडाइयो । अन्तिममा आएर पास गराइयो । अहिले एसपीपीमा त्यस्तै कुरा गरिरहनुभएको छ । एसपीपी, म प्रचण्डजीलाई, उहाँ सरकारमा हुनुहुन्छ । गर्न नहुने, गर्न हुने सबैकाम गर्दै हुनुहुन्छ ।

म उहाँहरुलाई भन्न चाहन्छु, एसपीपी दुई वटा कुरा हो । एउटा अहिले जुन ड्राफ्ट बाहिर आयो, जो बहुत खतरनाक छ । त्यो ड्राफ्ट अहिले नयाँ ड्राफ्ट हो, यो पहिला आएको थिएन र यस्तो ड्राफ्टमाथि कुनै विचार विमर्श भएको थिएन । यस्तो ड्राफ्टको सम्बन्धमा कसैले पत्र लेखेको थिएन । यो नयाँ ड्राफ्ट हो । यो घातक छ । ठिक छ पास गर्छौं भन्दै हुनुहुन्थ्यो, जनताले दरो दबाब दिएपछि पछि सरेर ठिक छ पास गर्दैनौँ भन्नुभयो । अनि भन्नुहुन्छ, हामीले गरेर, हामी सरकारमा थियौँ र । अनि यो ड्राफ्ट कसले दियो त, हामीले दिएको हो र ? २०७२ साल असोज ६ गते तत्कालीन रक्षा तथा प्रधानमन्त्री सुशील कोईरालाले मन्त्रीस्तरीय निर्णय गरेर एसपीपीको अंग बन्न तयार छ भन्ने निर्णय गर्नुभयो ।

असोज १३ गते नेपाली सेनालाई रक्षा मन्त्रालयले पत्र लेख्यो, यस सम्बन्धमा पत्राचार गर्नु भनेर । त्यसपछि असोज २५ गते म प्रधानमन्त्री भएँ । कुनै जानकारी, सरसल्लाह नै नभइ ,अहिले कार्तिक १० गतेको ठेगाना दिएको छ । म सरकारलाई अहिले पनि ओर्जिनल पत्र देखाउ भन्छु । म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ । पहिलेको हटाएर र पठाएको मितिमा पनि २७ अक्टुबर लेखेको छ हातले । सबै टाइप छ, त्यो पछि हातले किन लेख्नुप¥यो भने, त्यहाँ टिपेस लगाएर, त्यसलाई मेटेर हातले लेखिएको स्पष्ट छ । हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्न चाहन्छु । हातले नलेखेको त्यो पत्र ल्याउनुस् । यदि त्यसै मितिमा पनि थियो भने, पनि निकाल्नुहोस् । राजेन्द्रबहादुर क्षेत्री त्यतिबेलाका प्रधानसेनापति जीवित अमेरिकामा हुनुहुन्छ । उहाँसँग सोधे हुन्छ नि त । त्यति बेलाको रक्षा र प्रधानमन्त्रीललाई बताउनुभएको थियो कि थिएन ? नेपाली सेनाले बतायो कि बताएन ? बताएको भए सेनाले पत्र पठाउने बेला त्यो सरकारले रोक्थ्यो ।

सेनाले एम्बेसीलाई लेख्ने कुरा लेख्यो । विधि सम्मत नै भएन । तर यो कुराको जानकारी भएन । तर म के विश्वस्त छु भने यो पनि अझ २७ अक्टुबर भनेर मिति लेखिएको छ, त्यो २७ हातले लेखिएको छ । अरु सबै टाइप २७ तारिख हातले । किनभने त्यसमा केरमेट गर्नुप¥यो । किनभने अहिले केपी ओलीलाई मुस्नका लागि आज र अहिले लेखिएको हो । चलानी नम्बर पहिलाको फेरेर ८५ कसरी भयो त नि ? सबै लाइनमा टाइप गरेको छ, बीचको ८५ लेखिएको छ । छली काम अहिलेको सरकारले गरेको छ । यति कमजोर । यदी मेरो समयमा म प्रधानमन्त्री हुँदा भएको भएपनि त्यो गलत छ, त्यो मेरो जानकारी बिना भएको छ ।

अहिले निर्वाचन आयोगकी आयुक्त ईश्वरी पौडेल केपी ओलीको पालोमा भनेर निकै काँग्रेसी पल्टिन खोज्नुभयो । सत्तापक्षीय पल्टिन खोज्नुभयो । उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो ? उहाँले केपी ओलीलाई भेट्नुभयो ? केपी ओली हेड क्वार्टर गयो ? पत्राचार गरेर सोध्नुभयो ? अहिले मौखिक बयानबाजी गर्नुहुन्छ, केपी ओलीलाई भनेको थिएँ भनेर । झुटो कुरा हो त्यो । मलाई दुःख के लाग्यो भने निर्वाच्न आयुक्तजस्तो मान्छेले आज झुटको गवाही दिनुभयो । झुटको साक्षी बस्न जानुभयो । त्यो बताएके कुरा प्रमाणित गर्नुहोस् । केपी ओली प्रधानमन्त्री भएर निर्णय, हस्ताक्षर गरेको प्रमाणित गर्नुस् त्यो कसैले सक्नेवाला छैन । त्यसपछि म सरकारबाट हटेपछि प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो ।

यो पत्र वास्तवमा म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको हो । अमेरिकन एम्बेसीले सत्य बोलोस् भन्ने म चाहन्छु । यसमा अहिले आएर जालसाझी गरिएको छ । २०७४ साल वैशाख २४ गते प्रचण्ड प्रधानमन्त्री हुँदा फेरि अर्को पत्र पठाएको छ । इण्डोप्यासिफिक हेड क्वाटरलाई । त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री भएपछि फेरि किन जवाफ आएन भनेर २०७४ साल माघमा फेरि पत्र पठाइएको छ । मेरो समयमा रोकेको हो ।

सन् २०१९ मा नै यो गलत छ भनेपछि रोकिसकेको कुरा हो । अहिले भित्रभित्रै अर्को डा«ाफ्ट ल्याएर नेपालको परराष्ट्रनीति, असंलग्नता, तटस्थता सबैलाई लत्याएर गलत चिज अघि सार्न खोजियो । तर खतरा छ । यो गठबन्धन र गठबन्धनमा एमसीसीमा हुन्छ भनेर हात उठाउनेहरु ती सबै यसमा सरिक छन् । जनदबाबले स्थगित गरेका हुन्, भेल शान्त हुने बित्तिकै जाल लिएर जान्छन् ।’