१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

बामदेवको पार्टीको मुख्य कार्यभार नेकपालाई पुनर्गठन गर्नु (पूर्णपाठ)

बामदेवको पार्टीको मुख्य कार्यभार नेकपालाई पुनर्गठन गर्नु (पूर्णपाठ)
अ अ+ अ-

काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल ‘नेकपा एकता राष्ट्रिय अभियान’ खोलेको घोषणा गरेका हुन् ।

उनको पार्टीले विघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन गर्नु महत्वपूर्ण कार्यभार रहेको बताएको छ ।

संयोजक गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘ हामीले अगाडि सारेको यो पार्टीका तात्कालिन र दीर्घकालीन केही महत्वपूर्ण उद्देश्यहरु छन् । यस पार्टीको सबभन्दा महत्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि पुनर्गठन गर्नु हो ।’

यस्तै अगाडि भनिएको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपूर्व नै विभाजित कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सृजना गर्ने अर्को उद्देश्य रहेको छ ।’

कार्यगत एकतामा जाने अवस्था सृजना हुँदा तीन पार्टीहरु सहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी समेतको बृहत वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने कामलाई महत्वका साथ गर्ने कामको सूचीमा समावेश गरेको सो पार्टीले जनाएको छ ।