२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती नदीमा बेपत्ता भएका युवक भेटिएनन्



अ+ अ-

डोटी । सेती नदीमा नुहाउने क्रममा एकाएक बगेर बेपत्ता भएका युवक अहिलेसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए ।

युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट नौ जनाको प्रहरी टोलीले गए रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।