२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेवको नयाँ दल ‘नेकपा एकता राष्ट्रिय अभियान’



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नयाँ राजनीतिक दल खोलेका छन् ।

गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । गौतमले रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफ्नो नयाँ दलको घोषणा गरेका हुन् ।

नेकपा एकता राष्ट्रिय अभियानको हाललाई ६८ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ भने गौतम आफै संयोजकका रुपमा रहेका छन् ।