काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
आजको बैठकमा विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी ,पार्टी विभाजन र संसदमा एमालले खेल्नुपर्ने भूमिकाबारे पनि छलफल हुने तामाङले न्यूजपोलारलाई जानकारी दिनुभयो ।