१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने सरकारको तयारीः मन्त्री चौधरी



अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ ।

मंगलावार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताउनुभएको हो । उहाँले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई÷तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताउनु भयो । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । उहाँले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन तर मंसिरको २१ गते हुनेगरी सरकारले अबको दुई÷तीन महिनापछि सरकारले आगामी संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला । मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ । त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं । हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ ।’

मन्त्री चौधरीले राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताउनु भयो ।