२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने सरकारको तयारीः मन्त्री चौधरी



अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ ।

मंगलावार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताउनुभएको हो । उहाँले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई÷तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताउनु भयो । मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । उहाँले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन तर मंसिरको २१ गते हुनेगरी सरकारले अबको दुई÷तीन महिनापछि सरकारले आगामी संघ र प्रदेशको निर्वाचन घोषणा हुन्छ होला । मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्छु । अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ । त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ । यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं । हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ ।’

मन्त्री चौधरीले राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताउनु भयो ।