१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनु भयो ।

सदस्य शर्माले ३/४ महिनामा पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस किसिमका पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताउनु भयो ।

सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरु फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ । त्यो उसको पार्टीको निर्णय हो । भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन ।

जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३/६ महिनामा पालो पुर्याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहीत गर्नुपर्छ । उसलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । ७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन । हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेण्डा नै बनेको छैन । मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ । हामीले के पाउने के नपाउने भन्दापनि राज्यसत्ता कसरी सञ्चालन गर्ने भन्ने हिसावले परिपक्व निर्णय आगामी दिनमा गर्न आवश्यक छ ।’

केन्द्रिय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पार्नुभयो ।