७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनैपनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनु भयो ।

सदस्य शर्माले ३/४ महिनामा पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यस किसिमका पालो पुर्याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताउनु भयो ।

सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरु फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ । त्यो उसको पार्टीको निर्णय हो । भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन ।

जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३/६ महिनामा पालो पुर्याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहीत गर्नुपर्छ । उसलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । ७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन । हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरु फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेण्डा नै बनेको छैन । मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ । हामीले के पाउने के नपाउने भन्दापनि राज्यसत्ता कसरी सञ्चालन गर्ने भन्ने हिसावले परिपक्व निर्णय आगामी दिनमा गर्न आवश्यक छ ।’

केन्द्रिय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पार्नुभयो ।