१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो



अ+ अ-

नेकपा (एमाले) कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेबारीबाट हटाइएको छ । एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा अध्यक्ष थापालाई कारबाही गर्न सिफारिस गरेको थियो । स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनको अध्यक्ष पद खोसिएको हो ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापाको अध्यक्ष पद खोसेर दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको थियो । प्रदेश कमिटीले जिल्ला कमिटीलाई आगामी साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन दिएको छ ।