२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त



अ+ अ-

एजेन्सी । मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो । 

नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेबारीसमेत राजाले दिनुभएको छ । 

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । 

निर्वाचनमा उहाँको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अजिज अहिले ६१ बर्षको हुनुभएको छ । उहाँले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गर्नु भएको थियो ।  

उहाँको आगमनसँगै जस्टीस एण्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । सो पार्टीले गत सन् २०११ देखि गठवन्धन सरकार चलाउदै आएको थियो । 

मरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । 

निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेका थिए । कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो । 

तल्लो सदनका लागि देशभरीबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो । त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५०० र विदेशी झण्डै १०० निकायका पर्यवेक्षक खटिएका थिए ।

निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ ।