२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को निर्णय नभएसम्म एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै होः योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताएका छन् ।

शनिबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको प्रस्ट पारेका छन् ।

अर्को बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्नेसमेत उनले बताए ।

 जेठ २ अघि प्रवक्ता पद नभएकाले यसबीचमा फागुन २३ पछि आफूहरु बैठकमा नआएका बेला प्रवक्ता पद सिर्जना भएकाले ज्ञवाली नै सो पदमा रहेको उनको भनाई छ ।