२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवको पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्यमा अटाए (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

उनी नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् ।

जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् ।

केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।

यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ ।