१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् सदस्यहरुको हेरफेरका कारण सोमबार नियमित बस्नुपर्ने मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको हो । यद्यपि प्रधानमन्त्रीको सचिवालयले आजको बैठकलाई नियमित भनेको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी) बाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् हेरफेर भएको थियो । मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरिसक्नुभएको छ ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी नयाँ मन्त्रिपरिषद्मा समावेश हुनुभएको हो ।