२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तर्षिहरुको पूजा गरी ऋषिपञ्चमी मनाइँदै



अ+ अ-

आज ऋषिपञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुधन्तीसहित सप्तर्षिहरुको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउने गरिन्छ । 

आजका दिन कश्पय, अत्रि, भारद्वाज, विश्वमित्र, गौतम,जमदग्नी, वशिष्ठ र अरुधन्तीको पूजा गरेर वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्दछन् । आजको दिन बिहानै उठेर नदी, तलाउ, पोखरी, कुवार वा धारोमा गइ स्नान गरी शुद्ध हुँदै स्नानका बेला ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक विधि रहेको छ । 

आजको दिन महिलाहरु काठमाडौंको गैरीघाट लगायत देवीदेवताका मन्दिरमा गएर सप्तर्षिहरुको पूजा गरी व्रत बस्ने गर्दछन् । आजको दिन सप्त ऋषिहरुको पूजा गर्नाले रजस्वला भएको बेला छोएइको त्रुटिसहित आफ्ना कुकर्महरुबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । सप्त ऋषिहरुको पूजा गर्ने दिन भएकोले आजको दिनलाई ऋषिपञ्चमी भनिएको हो ।