१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि बस्दै
अ अ+ अ-

काठमाडौं । सत्ता साझेदार (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ ।

प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।

बैठकमा अध्यक्ष नेपालले नेकपा (एमाले) नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा व्याख्या गरेका छन् ।

उनले ‘वाम–लोकतान्त्रिक धार’मा रहेका शक्तिको वर्गाधार र वर्ग चरित्र फरक रहे तापनि संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका लागि आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।