१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शोधनान्तर घाटाको स्थिति आउनुमा ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवारः प्रचण्ड

शोधनान्तर घाटाको स्थिति आउनुमा ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवारः प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद: चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो ।

उहाँले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताउनु भयो । उहाँले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरुले परिवर्तन अनुरुपको ऐन, कानून निर्माण गर्न नचाहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘हाम्रो अगाडी उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नुभयो । त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो ।

समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ? वामपन्थीहरुको एकता, कम्युनिष्टहरुको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला । जनतालाई प्रत्यक्ष राहत हामीले घोषणापत्रमा जे भनेका थियौँ त्यतैतिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडी, अझ मेरो अगाडी भन्छु म चाहीँ । त्यो पहलकर्ताको अगाडी बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ ? भन्न मिल्छ ?’

अध्यक्ष दाहालले विगतमा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रश्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गर्नुभयो । उहाँले एमसीसीलाई व्याव्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफुहरुले नेतृत्वदायी भुमिका खेलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘झलनाथजीलाई म के सम्झाउन चाहान्छु भने एमसीसी बारे दस्तावेजिकरण गर्ने, पहिलो दस्तावेज लेख्ने मैले लेखेको हो । एमसीसी बारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्तावपनि मैले नै राखेको हो । झलनाथजीलाई यो हेक्का होला । यो हेक्का रहोस् । यो हेक्का रहनु जरुरी छ । एसपीपीलाई खारेज गराउनेमा नेतृत्वको भुमिका हामिले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न सक्दैन । इन्कार गर्न हुँदैन पनि ।’

उहाँले कम्युनिष्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताउनु भयो । उहाँले कम्युनिष्टहरु बिग्रिएमा बिग्रिएको अण्डाजस्तै हुने टिप्पणी पनि गर्नुभयो ।