१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गठबन्धनबाट विकास सम्भव छैन, राजनीतिक ध्रूवीकरण आवश्यक छः महासचिव पोखरेल

गठबन्धनबाट विकास सम्भव छैन, राजनीतिक ध्रूवीकरण आवश्यक छः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपालले २०७९ असार १३ गते राजधानीमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवादमा महासचिव पोखरेलले आधुनिक नेपाल निर्माणका लागि जननेता भण्डारीको दृष्टिकोण मार्गदर्शक रहेको विचार व्यक्त गर्नुभयो ।

‘दुनियाँमा दलहरूको संयुक्त आन्दोलनबाट व्यवस्था परिवर्तनका धेरै उदाहरण छन् तर दलहरूले संयुक्तरूपमा देश विकास गरेका उदाहरण भेटिँदैनन् भन्नुहुँदै महासचिव पोखरेलले वर्तमान गठबन्धनबाट पनि विकास र समृद्धि सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो– देशको विकास र समृद्धिका लागि हामी एमालेलाई बलियो राष्ट्रिय पार्टीका रूपमा खडा गर्न चाहन्छौं ।

‘नेकपा (एमाले) का विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी हुँदा पनि भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा पहिलो पार्टीका रूपमा स्थापित हुन र अहिले पार्टीले जुन सामथ्र्य हासिल गरेको छ त्यसका लागि जननेता भण्डारीको नवीनतम विचारले काम गरेको छ’ महासचिवले भन्नुभयो ।

महासचिव पोखरेलले संवैधानिक राजतन्त्रलाई सिद्धान्त मान्ने नेपाली काँग्रेसले आफ्नो मान्यता परित्याग र सशस्त्र सङ्घर्षबाट मात्र व्यवस्था परिवर्तन सम्भव छ भन्ने माओवादीले आफ्नो कार्यदिशा बदल्न तयार भएपछि २०६२/२०६३ को जनआन्दोलन सफल भएको र त्यसका पछाडिको वैचारिक आधार पनि जनताको बहुदलीय जनवाद रहेको धारणा राख्नुभयो ।

जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई दिशा प्रदान गर्ने नेता भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले भन्नुभयो– नेकपा (माओवादी केन्द्र) भण्डारीको बाटोमा हिड्दै छ तर भन्न सकिरहेको छैन ।

कम्युनिष्ट पार्टीहरूसँग सहकार्य गर्न नचाहने नेपाली काँग्रेससँग संयुक्त जनआन्दोलनका लागि क्रान्तिकारी स्वभावका नेता गणेशमान सिंहलाई सहमत गराउने, बाममोर्चा गठन गर्ने र त्यसमा अर्को कम्युनिष्ट पार्टीका पुराना नेतालाई नेतृत्व सुम्पने जस्ता जननेता भण्डारीका प्रभावकारी र सुझबुझपूर्ण कदमले नै २०४६ को जनआन्दोलन सफल भएको वताउँदै महासचिव पोखरेलले भन्नुभयो– जननेता भण्डारी नभएको भए पञ्चायत व्यवस्था अहिलेसम्म पनि रहनसक्थ्यो ।

महासचिवले भन्नुभयो– जननेता भण्डारीले पार्टीको पाँचौं महाधिवेशनमा धेरै र फरक फरक विचारहरू बहसका लागि प्रवेश गराई जनताको बहुदलीय जनवाद (जबज) पारित र स्थापित गर्ने काम गर्नुभयो ।

देशको राष्ट्रिय हितमा परराष्ट्र नीति हुनुपर्ने जननेता भण्डारीको दृष्टिकोण रहेको स्मरण गर्दै महासचिव पोखरेलले भन्नुभयो–जननेता भण्डारीले विचार मिल्नेहरू तथा विकास र समृद्धिमा सहयोग गर्ने देशहरूसँग मित्रता हुनुपर्छ भन्नुहुन्थ्यो ।

अभिव्यक्ति स्वतन्त्रका सम्बन्धमा विचार प्रस्तुत गर्दै महासचिव पोखरेलले संविधानले अभिव्यक्ति स्वतन्त्रता प्रबद्र्धन गरेको र राजनीतिक दलहरूले पनि आफ्ना दस्तावेजमा प्रतिवद्धता जनाएका छन् तर सही नीति अगाडि सारेर मात्र पुग्दैन, कार्यान्वयनको पहलकदमी आवश्यक छ भन्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो– पत्रकारहरुले के छापिन्छ, के छापिँदैन भन्ने आधारमा ‘सेल्फसेन्सर’ गरी समाचार लेख्ने अवस्था छ किनकि त्यहाँ हाम्रा स्वार्थहरू गाँसिएका छन् र बोल्न सक्दैनौं ।

उहाँले कार्लमाक्र्सले भन्नुभएको ‘बर्ग उत्पीडनको अन्त्य भएपछि मात्र मानिस स्वतन्त्र हुन्छ’ भन्ने भनाइ राख्दै सञ्चारकर्मीको वर्तमान अवस्थाबारे वताउनुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वमै कम्युनिष्ट व्यवस्था सङ्कटको अवस्थामा गुज्रिरहेको बेला जननेता भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाएको बताउनुभयो ।

‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै काम सम्पन्न गरेर हामीबाट विदा हुनुभयो,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्षमात्रै रहनुभयो । संसदीय राजनीतिमा उहाँ करीब दुई वर्ष मात्रै रहनुभयो । तर, उहाँले छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।’

छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताका बीचमा स्थापित गराउने र झड्का दिने काम पनि मदनले गरेको रिजालले स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्वोधन गर्नुभएको थियो ।