२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्मिता र निर्मला मृत्यु प्रकरणमा अनुसन्धान जारी: गृहमन्त्री



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युको घटनामा अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिनुभएको छ ।

असार २ गते कोभिड–१९ को खोपसहितको सामग्रीसहित हिँडेकी धामी सामुदायिक वन नजिकको खोल्सामा असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनले प्रयोग गर्ने मोबाइल घटनास्थल केही पर फेला परेको थियो । उक्त घटना के कसरी भएको हो भन्ने विषयमा खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी कार्य भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री खाणले डिएनए परीक्षण गरेर नै अनुसन्धान जारी राखिएको स्पष्ट पार्नुभयो ।

आजको बैठकमा सांसदहरू खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, सुरेश आले मगर, देवेन्द्र दाहाल र सोनाम गेल्जेन शेर्पाले गृहमन्त्री खाणसमक्ष पुरक प्रश्न राख्नुभएको थियो । उहाँहरूका प्रश्नको जवाफमा गृहमन्त्री खाणले नेपालमा आएर बसेका शरणार्थीहरुको जीवन यापन सहज र मानवअधिकार रक्षामा सरकार गम्भीर रहेको बताउनुभयो ।

सङ्घ र प्रदेशगत सुरक्षाका विषयमा उठेका प्रश्नमा गृहमन्त्री खाणले नेपाली सेना, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीलाई सङ्घ र प्रदेश प्रहरीको रुपमा विभाजन गरिएको जानकारी दिनुभयो । पछिल्लो पटक सङ्घीय राजधानी काठमाडौँलाई सङ्घीय प्रहरीले नै सुरक्षाको जिम्मा लिने भन्ने विश्वमा अभ्यास रहेको उल्लेख गर्दै मन्त्री खाणले संसद्, कूटनीतिक नियोग, प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालयसहति संवेदनशील निकाय रहेकाले कुनै झन्झट नहोस् भनेर सङ्घीय सरकारले नै सुरक्षा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सिमित साधनश्रोतबाट धेरै सेवा दिने कसरी भन्नेमा नै बढी ध्यान गएको बताउनुभयो ।