२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

‘जातको प्रश्न’को दोस्रो सिजन सुरु हुँदै

‘जातको प्रश्न’को दोस्रो सिजन सुरु हुँदै
अ अ+ अ-

काठमाडौं । समता फाउण्डेशनले शुरु गरेको जातको प्रश्नको दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि शुरु हुने भएको छ ।

फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जात जातीले यसमा संवाद गर्नुपर्ने बताउँदै दोस्रो सिजनको शुभारम्भ गरेको हो । कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताउनुभयो । उहाँले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताउनुभयो ।

महानायक हमालले भन्नुभयो, ‘जातीय विभेद जुन हाम्रो समाजमा भइरहेको छ, यसको प्रत्यक्ष भुक्तभोगी म आफैँ नभएता पनि मैले मेरो वरीपरीका आफन्तहरुलाई देखेको छु, त्यसप्रति म जहिल्यै पनि एक किसिमको संवेदनशीलता भइरहन्थेँ म, एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहारमा किन यति फरक छ, भन्ने कुराले मलाई जहिल्यै पनि सताइरन्थ्यो । शूटिङको क्रममा पनि मैले विभिन्न घटनाहरु देख्ने गरेको थिएँ, पहिलो सिजन गरेपछि म मा अझ गहिराईमा बुझ्ने मौका पाएँ । जतीय समस्या हाम्रो समाज र मनमस्तिष्कमा गढेको विषयवस्तु रहेछ । हामीले जति राम्रो संविधान बनाए पनि व्यवहार उतार्न भयंकर ठूलो चुनौति रहेछ ।’

कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताउनुभयो । उहाँले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताउनुभयो ।  

अभिनेता राईले भन्नुभयो, ‘हाम्रो समाजमा जातको आधारमा गरिने विभेद एउटा समुदायको मात्रै चासोको विषय होइन, जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै सबैभन्दा ठूलो समस्या हो, म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ, मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

कार्यक्रममा उपस्थित गायक प्रकाश सपुत, सञ्चारकर्मी निष्मा चौधरी ढुंगाना, महिला आयोगकी पूर्व सदस्य मोहना अन्सारी, निर्देशक शान्ता नेपालीले जाती विभेद समाजको एउटा प्रमुख समस्या रहेकोले यसलाई कम गर्न जातको प्रश्नले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । एउटा मानिसले अर्को त्यही समाजमा बस्ने मानिसलाई विभेद गर्नुनहुने उहाँहरुको भनाइ थियो । 

जातको प्रश्नको दोस्रो सिजन महानायक राजेश हमाल, अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारीले सञ्चालन गर्नुहुनेछ । जातको प्रश्नको दोस्रो सिजन १२ अंकको हुनेछ भने शान्ता नेपालीको निर्देशनमा बन्ने जातको प्रश्नको दोस्रो श्रृंखलामा नेपालका दलितहरुले भोगिरहेको जीवनको यथार्थ र अनुभवका कुराहरुलाई समेटिनेछ ।