• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

मन्त्रालयगत छलफल सकियो



विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा यो बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो । अर्का सदस्य चुमनारायण तवदारले कृषि विकासको मूल आधार भएकाले कृषकले पाउने अनुदान, सहुलियत ऋण झन्झटिलो हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सदस्य अम्बिका थापा, उत्तमकुमार बस्नेत, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, विमल कार्की, राजकुमार ओझा, लक्ष्मण तिवारी, शिवनारायण गनगार्इं, सीतादेवी थेवे र हिराकुमार थापालगायतले बजेटको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

शून्य समय

प्रदेशसभा सदस्य इन्दिरा राई, कृष्णकुमारी राई, वसन्तकुमार बानियाँ, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, लीला सुब्बा र सर्वध्वज सावाले मुलुकमा महँगी बढेका कारण जनताले भोग्नुपरेको समस्या, सिँचाइका लागि पैनी, खानेपानी, विपद् परेका जनतालाई राहत वितरण जस्ता विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङगलबार बिहान ११ः३० मा बस्नेछ ।