• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री

विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने अर्थमन्त्रीको प्रस्टोक्ति



sf7df8f}F, !# c;f/ M ljlgof]hg ljw]osdf ;b:on] p7fPsf k|Zgsf] hjfkm lbFb} dGqL zdf{ cy{dGqL hgfb{g zdf{ /fli6«o;efsf] ;f]daf/sf] a}7sdf dGqfno;DaGwL ljlgof]hg ljw]osdf ;b:ox?n] p7fPsf k|Zgsf] hjfkm lbFb} . tl:a/M /Tg >]i7, /f;;

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । उहाँले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताउनु भयो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्,नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गर्नुभयो । उहाँले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताउनु भयो । मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औधोकिकरण,उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ । यति प्रतिस्थापन गर्ने,यति गरिबी हटाउने,मानव सूचाङ्क यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरु छन् । तोकिएका आँकडामा बजेट कार्यान्वयन हुने बाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ । जवाफ दिनेछ । सही थियो की गलत थियो त्यतिबेला पुष्टि हुनेछ । यति बेला मैले भन्न सक्ने कुराहरु होइन । यो बजेट अर्थमन्त्रीले व्यक्तिगत रुपमा होइन,यो देशमा प्रतिष्ठित व्यवसायीहरु, अर्थविद्हरु,नागरिकहरु र सबै मान्य सदस्यज्युहरुको सुझावका आधारमा प्रश्तुत गरिएको हो । यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन । यो इतिहासले पुष्टि गर्ने छ । त्यसप्रति म जवाफदेही छु । मैले गरेका निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु । मैले त्यो जिम्मा लिएको छु । लिन तयार पनि छु । अहिलेको सरकार तयार छ ।’

अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो ? भन्दै प्रश्न गर्नुभयो । मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता,गरिब कम गर्ने र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताउनु भयो । उहाँले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताउनु भयो । मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्रीले करको दर रेट आवश्यकता अनुसार बढाउन र घटाउन दुवै पाइने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ बजेटका कार्यक्रम कार्यान्वयनको सन्दर्भमा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रा बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने बजेटले उल्लेख गरेको छ । करको दर रेटको सन्दर्भमा अर्थमन्त्रीले करको दर रेट घटायो बढायो भन्ने प्रश्न उठ्छ । करका दर रेट घटाउनु बढाउनु अर्थमन्त्रालयको मुख्य कुरा हो । उसले करका दर रेट घटाउँछ बढाउँछ । त्यो जरुरी र आवश्यक कुरा हो । तर त्यो बढाउँदा जनतालाई के भयो । देशलाई के भयो भन्ने कुरा हो । जनताले दैनिक उपभोग गर्ने उपभोग्य सामग्रीमा बढायो की ? देश र उद्योगलाई असर पर्ने गरी बढायो की भन्ने छलफलको विषय हो ।
बढाउन पाइँदैन बढाउन र घटाउन दुबै पाइन्छ । मन्त्रालयको बढाउने घटाउने काम र भित्रको अधिकार हो ।त्यसले देशलाई हित ग¥यो की गरेन भन्ने प्रश्न हो ।

अहिलेको नीति तथा कार्यक्रम र बजेट जुन रुपले आएको छ त्यसले नयाँ समृद्धि , आत्मनिर्भता,गरिब तल्लो वर्गलाई समेट्ने गरी र व्यवसायीक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याएको बजेट कसरी अनैतिक भयो अर्थमन्त्री ? यो प्रश्न आइरहेको छ । के अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नुपर्ने थियो त ? यो अधिकार क्षेत्र भित्रको कुरा हो । नेपाल सरकारको कार्यविधि र नियमावलीले दिएको कुरा हो । यसलाई कथा बुनेर अर्कोतिर लग्ने भन्दा पनि बजेट कार्यान्वयन जोड दिनु राम्रो हुन्छ ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा सरकारका संरचनालाई सुदृढ गर्ने कानूनहरुलाई राम्रो बनाउने र सँगै आम जनतालाई बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहभागी गराउने विषय बजेटमा उल्लेख गरेको बताउनु भयो ।