१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आगामी चुनावमा हाम्रो पार्टीले २० लाख मत ल्याउनुपर्छः अध्यक्ष नेपाल

आगामी चुनावमा हाम्रो पार्टीले २० लाख मत ल्याउनुपर्छः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले यसपटक झन्डै २८ प्रतिशत मात्रै ठाउँमा उम्मेदवार खडा गरेका थियौँ । २८ प्रतिशत उम्मेदवारबाट झन्डै ९ लाख मत हामीले प्राप्त गरेका थियौँ । २८ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख मत प्राप्त ग¥यौँ भने यदी हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए यो भन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ । कम्तिमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ । २० लाखको सेरोफेरोमा मत प्राप्त गर्ने हो भने हाम्रो प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरु सुनिश्चित हुनेछ । प्रत्यक्ष रुपमा लडेर जितेका ठाउँमा अतिरिक्त सिट हामीले हासिल गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, अब हाम्रो सम्पूर्ण ध्यान त्यही निर्वाचनमा तयारी हुने, तयार गर्ने । निर्वाचनमा अधिकतम सफलता हासिल गर्ने । अरुमाथि भरोसा गरेर चल्ने होईन । हामीले आफ्नो शक्ति निर्माण गर्ने कामका लागि १६५ वटै निर्वाचन क्षेत्रमा हामीले अहिलेदेखि नै उम्मेदवार, पार्टी प्रतिनिधि भोलि चुनावमा उठाउनुपर्ने उहाँहरु मध्ये नै हुनेछ । १६५ निर्वाचन क्षेत्रमा हामीले तयारी गर्नैपर्छ । ३३० वटा प्रदेश सभाका सदस्यहरुका निम्ति अहिलेदेखि नै हामीले ठोस जिम्मेवारी दिनैपर्छ । पालिका, वडामा कार्यकर्ता खटाउनुपर्छ । प्रतिनिधि सभा र प्रदेश सभाको पनि समानुपातिक मत चाहिन्छ हामीलाई । समानुपातिकको मतसंख्या बढाउन सक्यौँ भने हाम्रो सिट संख्या पनि बढ्नेछ ।’

अध्यक्ष नेपालले विश्व शक्ति राष्ट्रहरुका बीचमा द्वन्दका खतराहरु देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताउनु भयो । उहाँले नेपाली जनतामा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरुको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने बताउनु भयो । उहाँले देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘विश्वका राष्ट्रहरुका बिचमा द्वन्द्वका खतराहरु, द्वन्द्वका बादलहरु मडारिइरहेका छन् । हामी सजग हुनुपर्दछ ।

यसको निम्ति नेपाली जनतालाई जति एकतावद्ध बनायौँ, नेपाली जनताको एकतालाई जति बलियो बनायौँ, नेपाल भित्र जति देशभक्तिको भावना बिस्तार गर्न सक्यौँ, जति देशलाई अरु शक्ति राष्ट्रहरुको आन्तरिक द्वन्दबाट बचाउन सक्छौँ नेपालको स्वतन्त्रता जोगिनेछ । सार्वभौमसत्ता, स्वाभिमान जोगिनेछ । शान्तिभूमिको रुपमा नेपाललाई विश्वमा कायम राख्न सक्नेछौँ । हाम्रो पार्टीको जिम्मेवारी देशभक्तिको पक्षमा जनमत तयार गर्ने र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्ने रहेको छ ।’

उहाँले पार्टीको काममा सक्रियापूर्वक लाग्न र गरेका कामको प्रचार–प्रसार गर्न निर्देशन समेत दिनुभयो ।