१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिफ्ट मागेर चढेका ३ जनाले गाडी नै लुटेपछि…



अ+ अ-

धनगढी । कैलालीको गोदावरीस्थित भीम दत्त राजमार्ग अन्तर्गत एउटा निजी गाडी लुटिएको छ । गाडीधनीलाई कुटपिट गरी अपरिचित ३ जनाले गाडी लुटेका हुन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी लुटिएको हो ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका उनीहरुले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए ।

भण्डारीले भने ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने, गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे ।’

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै एक जनाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको प्रहरीले जनाएको छ ।