११ मंसिर २०८१, मंगलवार
,
Latest
इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती न्यायको बोर्डमा किन पोतियो कालो ‘पूर्णबहादुरको सारंगी’विरुद्ध प्रतिलिपि र प्रहरीमा उजुरी न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक १ बजे बस्ने



अ+ अ-

मकवानपुर । अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको हो ।

सहमति पछि अब नेकपा ९एमाले०ले बैठक अवरोध नगर्ने भएको छ । प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो । बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिए पनि अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन गरेपछि मात्रै संसद् सञ्चालन गर्न दिने अडान लिएको थियो ।