९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मुलकी अमेरिकी नागरिक जतन केसी बास्तोला नौसेनाकी कमान्डर पदमा



अ+ अ-

अमेरिका । नेपाली मुलकी अमेरिकी नागरिक  जतन केसी बास्तोला  अमेरिकी सेना अन्तरगत जलसेनाको नौसेनाकी कमान्डर बढुवा भएकी छिन् ।  काठमाडौँ महाराजगंजकी जतन केसी बास्तोला नौसेनाकी कमान्डर पदमा बढुवा भएकी हुन् ।  सो पदमा पुग्ने उनि पहिलो नेपाली  हुन् ।

 सन् १९९५ मा अमेरिका उच्च अध्ययनको लागी केसी   अमेरिका गएकी थिईन् । गत सेप्टेम्बर १ ,२०२१ मा उनको बढुवा भएको थियो  ।  उनलाई कमान्डर बोर्ड ले छनौट गरे पछि बढुवा भएको उनले बताइन । हाल भर्जिनिया स्थित सेसापिक  श्रीमान र आमासंग बस्दै आएकी केसी सन् २००४ मा अमेरिकी नागरिकता लिएकी थिईन् ।  बास्तोलाले सन् २०१५ मा कबुलियत व्यवस्थापनमा स्नातकोत्तर समेत गरेकी छिन ।

केसीको  काम समुन्द्रमा पर्दछ भने त्यसमा पनि ठूला ठूला पानी जहाजमा जानु पर्ने हुन्छ । अहिले सम्म उनले ३ वटा जहाजहरुमा काम गरि सकेकी छिन भने तिनीहरुमा युएसएस चेफी,युएसएस हेरी एस ट्रुम्यान रहेका छन् । हाल उनि युएसएस वास्पमा सहायक आपूर्ति अधिकारीको रुपमा कार्यरत छिन् ।उनको अन्य मुख्य काम भनेको वित्तीय तथा लजिस्टिक बिश्वआपूर्ति गर्नु लगायत पर्दछ । उनि सन् २००६ देखि नौसेनामा भर्ना भएकी हुन् ।उनले नौसेना र समुद्रीसेनामा राम्रो कार्य गरे वापत विभिन्न प्रशंसा पुरस्कार लगायत अन्य धेरै व्यक्तिगत पुरस्कारहरू प्राप्त गरेकी छिन ।