२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मन्त्रीहरूको सपथ आज



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट थपिएका नयाँ मन्त्रीहरूले आज सपथग्रहण गर्दैछन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुहुने बताइएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।