१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी
अ अ+ अ-

तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् ।

समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित हुनुभएको हो । वाग्ले व्यास नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का वासुदेव थापा निर्विरोध निर्वाचित हुनुभएको छ । थापा आँबुखैरेनी गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिसस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य गर्ने सहमतिबमोजिम सदस्यमा कांग्रेसका तर्फबाट छ र माओवादीका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) ले भने उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट भानु नगरपालिका–१३ का चिरञ्जीवी ढकाल, आँबुखैरेनी गाउँपालिका–४ का नेत्र गुरुङ, ऋषिङ गाउँपालिका–२ की पानकुमारी खाँण, शुक्लागण्डकी नगरपालिका–१० का तिलादेवी राना र म्याग्दे–४ का डोलबहादुर सुनारको उम्मेदवारी दर्ता भएको छ ।

माओवादीका तर्फबाट सदस्यमा शुक्लागण्डकी नगरपालिका–११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुरकी लक्ष्मी गुरुङको उम्मेदवारी दर्ता भएको छ । सबै सदस्यहरु पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।