६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा युवा नेता को कता ?



अ+ अ-

काठमाडौं । सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्। 

गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन्। 

देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ। 

पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ। गगन, गुरुराज, डा। मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन्। 

विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन्।

फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३ औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश  गरेका हुन्। 

विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा। नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन्।

मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन्। अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।