१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा

रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा
अ अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आईतवार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले राजीनामा दिनुभएको हो । उहाँले राजीनामा तथा विधाइ पत्रकार सम्मेलनमा बोल्दै बजेटका विषयमा उठेका प्रश्नको जवाफ र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्रीपदमा रहेको बताउनु भयो । मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गर्नु भयो । उहाँले पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न शुरु गरेको खुलाउनु भयो ।

मन्त्री झाँक्रीले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्ष प्रति गुनासो गर्नुभयो । उहाँले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको बताउनु भयो । पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताउनु भयो । उहाँले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भनेको पनि बताउनु भयो । झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद् छिट्टै पुनःगठन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ शहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुहुने मेरो पार्टी,विश्वास गर्ने प्रधानमन्त्री र मन्त्री परिषद्को समग्र टिम र सहयोग गर्ने शहरी विकास मन्त्रालयका सचिव लगायत सबैलाई धन्यवाद दिन चाहन्छु । धेरै चिज भन्ने छैन मैले काम गर्दै जाउँला । सधै मैले टिम भन्ने गर्थे । म टिमवर्कमा विश्वास गर्छु । हामी पार्टीबाट निर्णय भएर आएको हो । पार्टीका साथीहरुले ६ महिनाको काउण्ट डाउण्ड शुरु गरेको पनि पहिलै थाहा थियो । हामीले पार्टी अध्यक्षलाई भनेका थियौं मिडियाबाट आयो भने राम्रो हुँदैन भनेका थियौं । हामीले पहिले वातावरण बनाएर छोड्छौं । त्यो चैततिर नै हो । एमसीसीमा गठबन्धन के हुन्छ भन्दै त्यो स्टर्चबाट गुज्रिएका थियौं ।

केही केही मन्त्री बन्ने र बानाउनेहरुले तपाईले शपथ कहिले खाएको भनेर फोन गरे । असोज कात्तिक भनेर जवाफ दिए मैले । असोज कात्तिक भनेर गनेको थाहा भएपछि साथीहरुले दिन गनन शुरु गरेछन् । त्यसपछि स्थानीय चुनाव घोषणा भयो । बजेटमा संघीयता र स्थानीय तहलाई प्राथमिकता र प्रभावकारी बनाउने उदेश्य हो । बजेट बनाउने कुरामा मन्त्रालयको सन्तुलन मिलाउने काममा थियौ । मेरो पार्टीले चुनाव समिक्षा बैंठक बोलाएको मन्त्री फेर्ने निर्णय गरेछ । हामी बजेट बनाउका छौं बजेटपछि छाड्छौं भनेर पार्टी अध्यक्षलाई जानकारी गरायौं । प्रधानमन्त्रीलाई भेटौं । हामी मन्त्री भएर काम गर्नु की नाई । मन्त्री फेर्ने होइन । प्रधानमन्त्रीले बजेटसम्म काम गर्नु भन्नुभयो । हामी बजेटको छलफल मन्त्रालयको बजेटको विषयमा गर्ने रहर थियो । म मेरो ढङ्गले धन्यवाद भनेर हिड्न चाहन्थे । बजेट भरेभोली प्रधानमन्त्रीले मन्त्रीमण्डल गठन गर्नुहुन्छ । कुनै दिन लिखित रुपमा भन्नेछु ।’

मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँसु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नदिई मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिनुभयो ।