• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

नाइट क्लबमा सत्र जना मृत भेटिए



जोहानेसबर्ग । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार १७ जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिनुभएको छ ।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उहाँले बताउनु भएको छ । यद्यपी अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।