७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday
Latest
प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा नेतालाई गिरफ्तार गरियो, अविलम्ब छाडियोस्ः राप्रपा पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाटै पक्राउ परराष्ट्रमन्त्री डा राणा बैंकक प्रस्थान सिंहदबारभित्रै राप्रपाद्वारा सांकेतिक प्रदर्शन अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो मागलाई मन्त्रीपरिषद्ले पनि चासो दिएनः पर्यटन मन्त्री आले



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रीपरिषद्ले समेत चासो नदिएको आरोप लगाउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आलेले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनस्म्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गर्नुभयो । उहाँले बारम्बार मन्त्रीपरिषद्को बैठक र अर्थमन्त्रीलाई पर्यटन मन्त्रालयको बजेट बढाउन आग्रह गर्दा आफ्नो सल्लाह सुनुवाई नभएको गुनासो गर्नुभयो । मन्त्री आलेले परिणाम स्वरुप मन्त्रालयले चाहेर पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतै बजेट दोहोरोपन भएको, बजेट छुट्न गएका क्षेत्र लगायत कार्यक्रमसमेत संशोधन गर्न सकिनेछ । तर मेरो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घट्न गएको हुनाले बारम्बार मान्य अर्थमन्त्रीले भेटेर, क्याबिनेटको मिटिङमा कुरा राख्दा पनि सुनुवाई भएन । त्यसले पनि थुप्रै मान्यज्यूहरुले राखेको प्रश्नमा मैले बजेटको व्यवस्थापन गर्न सकिनँ । यदी बजेट प्राप्त भएको भए अवश्य पनि माग सम्बोधन हुनेथियो । १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव देखिन्छ ।’

बाइट…प्रेमबहादुर आले, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिलिङ विगतभन्दा करिव साढे १० अर्बले घटेको बताउनु भयो । उहाँले नेपालमा आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउन सहजै सम्भव रहेको पनि स्पष्ट पार्नुभयो ।